तुलसीपुर, २ असार ।
चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड अधिकार बिहिन रहेको बताएका छन् । उनले बोर्ड लाई स्वायत्त नबनाउँदा सम्म चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए ।
चार दशक पहिले बनेको बोर्डको नीतिका कारण अहिले सम्म चलचित्र क्षेत्रको नीतिगत बिकास हुन नसक्नु दुर्भाग्य भएको उनले बताए ।चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज(शनिबार) घोराहीमा आयोजना गरेको स्वागत सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै नायक समेत रहेका केसीले भने –“चलचित्र विकास बोर्ड अधिकार बिहिन भएको छ यसलाई समय सापेक्ष परिमार्जन गरेमात्र चलचित्र क्षेत्रको बिकास विस्तार र प्रवर्द्धन हुन सक्छ ।’
नायक केसीले चलचित्र क्षेत्रका समस्या चुनौती र नीतिगत विषयहरूलाई सुधार्न आफू विकास बाेर्ड को अध्यक्ष भए पनि अधिकार बिहिन भएको भन्दै यसलाइ सुधार गर्नुपर्ने बताए ।
‘नयाँ काम नगरी सेवा सुविधा लिन्छु पदमा बस्छु भन्नेहरुका लागि बोर्डको अहिलेको नीति ठिक छ तर म काम गर्छु भनेर आउनेहरुका लागि यो नीति परिमार्जन गर्न आवश्यक छ म त्यसमा लागेको छु –केसीले भने ।’ उनले चलचित्र क्षेत्रमा केही गर्छु भनी योजनाका साथ आएकाहरुका लागि बिकास बोर्डमा बसेर काम गर्न कठिन भएको समेत गुनासो गरे ।
उनले अर्को प्रसंगमा बोल्दै पछिलो समय नेपाली चलचित्रको स्तर अन्तराष्ट्रिय स्तरका चलचित्र संग प्रतिसप्रधा गर्न लाएक रहेको समेत दाबि गरे । कम लगानीमा बनेका नेपाली चलचित्रले अन्तर्राष्ट्रिय स्तरका चलचित्र सङ्ग प्रतिस्पर्धा गरिरहेको देखेको भन्दै मौलिक विषय बस्तु समेटेर बनेका चलचित्रले पछिल्लो समय करोडौ रकम संकलन र प्रतिस्पर्धा गर्न सफल भएको बताए ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएकाे काार्यक्रममा बोल्दै नायक केसीले नेपाली चलचित्रले नेपाली भाषा, संस्कृति, रितिरिवाजलाई विश्व सामु चिनाउन अर्जुन दृष्टि लगायर चलचित्र निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।चलचित्रले देशको अर्थतन्त्र मजबूत बनाउने हुँदा पर्यटन प्रर्बधनमा जोड दिनुपर्ने उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका प्रवक्ता के एल बुढाथोकी, चलचित्र निर्माता निर्देश तथा कलाकार मुनाल घिमीरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदी लगायतले चलचित्र क्षेत्रको माध्यबाट पर्यटन प्रवद्धन र अर्थतन्त्रको विकास हुने बताएका थिए ।
चलचित्र पत्रकार संघ नेपाल दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गरेकी थिइन ।