
दाङ,५ असार ।
हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ।
महाशाखाका अनुसार मंगलबार लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने प्रक्षेपण गरिएको छ।
लुम्बिनी ,कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी ,कोशी , मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।