२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा मानवअधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी घरेलु हिंसा



दाङ, ११ असार ।
दाङमा सबैभन्दा धेरै घरेलु हिंसाका घटना भएको तथ्याङ्कले देखाएको छ । जिल्लामा छ महिनाको अबधिमा ६४ वटा घरेलु हिंसामा ६४ जना पिडित भएका छन् । यो अबधिमा जिल्लामा १ सय ५७ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको विवरण अनुसार ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका १५७ मानवअधिकार उल्लंघनका घटना भएको देखिएको छ ।

सन् २०२३ को जनवरीदेखि जुन महिनाको अन्तिमसम्ममा जिल्लामा १५७ मानवअधिकार उलंघनका घटनामा १६६ जना पिडित भएका छन् ।

प्रतिवेदन अनुसार ३९ वटा बलात्कार,१ वटा बलात्कार प्रयास,१२ वटा यौन दुव्र्यवहार, १ वटा बोक्सी आरोप सम्वन्धि हिंसाका घटनाहरु अभिलेख भएको इन्सेकका दाङ प्रतिनिधि जेएन सागरले जानकारी दिनुभयो ।

यसैगरी ४ वटा हत्या, हत्याको प्रयासमा २ वटा, बन्द-हड्तालमा १२ वटा, अपहरण तथा शरीर बन्धकमा १ वटा, मानव बेचबिखन तथा ओसारपसारमा ४ वटा, दुव्र्यवहारमा ५ वटा, कुटपीट सम्बन्धि ४ वटा घटनाहरु अभिलेख भएको छ ।

यस्तै, बालबिवाहका ३ वटा घटना,बहुविवाहका ३ वटा, सार्वजनिक सम्पत्ति तोडफोड सम्बन्धि २ गरी १ सय ५७ घटनाहरु अभिलेखि भएको जिल्ला प्रतिनिधी सागरले जानकारी दिनुभयो ।

तीनमध्ये ५ वटा घटना राज्य पक्षबाट भएको छ । १ सय ४७ गैर राज्यपक्षबाट भएको छ भने ५ वटा घटना अज्ञात पक्षबाट भएको तथ्यांकमा उल्लेख छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले मानव अधिकार उल्लङघन् भइरहँदा सामाजिक सद्भाव हराउँदै गएको बतउनुभयो ।

त्यस अवसरमा अवसरमा उच्च बार इकाई सदस्य श्रीराम चौधरी, कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रोग्मी, नेपाली काँग्रेस तुलसीपुर नगरका सचिव विमल पौडेलले आत्महत्या दुरुत्साहनदेखि परम्परागत मुल्यमान्यता, वैदेशिक रोगजार र पारिवारीक तथा सामाजिक लाल्छनाका कारण परिवार विघटन , लागुऔषध ओसार पसार र मोह जालको कारण मानवअधिकार उलंघनका घटना बढ्दै गएको बताउनुभयो ।।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार