२०८१ जेष्ठ ९ गते बुधवार

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते प्रधानाध्यापक अधिकारीको निधन



दाङ, १९ असार । दाङमा गत शुक्रबार मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका एक जनाको निधन भएको छ ।

तुलसीपुर-अमिलिया सडकखण्डको तुलसीपुर-६ बुद्ध चोक नजिकै भएको मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका तुलसीपुर- ११ उरहरीका ५५ वर्षका खोपिराम अधिकारीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

अधिकारीको टाउको र अनुहारमा चोट लागेको थियो । उहाँको बाँकेमा उपचारको क्रममा निधन भएको गएको प्रहरीले जनाएको छ । अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुनुहुन्छ ।

गएको शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा अधिकारी सहित ४ जना घाइते भएका थिए । तुलसीपुर-अमिलिया सडकखण्ड अन्तर्गत तुलसीपुर-६ बुद्ध चोक नजिकै रा १ प ८४४६ नम्बरको मोटरसाइकल र रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएका थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार