२०८१ जेष्ठ १६ गते बुधवार

एसईईको नतिजा सार्वजनिक



काठमाण्डौ,२१ असार ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार २२ हजार चार सय जनाले तीन दशमलव ६० देखि चार जीपीए ल्याएका छन् ।

एसईईको नतिजा १६ सय नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार जान्न सकिन्छ । त्यस्तै www.see.gov.np मा गएर नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार