दाङ, २७ असार ।
नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको आज दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिनुभयो । त्यसअघि उहाँलाई माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिइएको थियो । पार्थिव शरीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाउनुभएको थियो भने नेपाली सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेतासहित धेरै कार्यकर्ता र सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए । ६९ वर्षिय दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । विभिन्न राजनीतिक दल र नेताहरुले विज्ञप्ति निकालेर दाहालको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । दाहालको निधनमा माओवादी केन्द्रले २ दिन पार्टीको झण्डा झुकाउने भएको छ ।।