२०८१ मङ्सिर २३ गते आइतवार

विदेश जाने युवाको सङ्ख्या अहिलेसम्म कै उच्च



दाङ, २ साउन ।

गत आर्थिक वर्षमा नेपालबाट कामको खोजीमा विदेश जाने युवाको सङ्ख्या अहिलेसम्म कै उच्च देखिएको छ ।

वैदेशिक रोजगार विभागकाअनुसार गत साउन १ गतेदेखि असारमसान्तसम्म नेपालबाट ७ लाख ७१ हजार ३२७ जना नेपाली युवा श्रम स्वीकृति लिएर विदेश गएका हुन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै रहेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७१-७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरी जम्मा ६ लाख ९३ हजार ३२ जना वैदेशिक रोजगारीका लागि विदेशिएकोमा यो वर्ष ७ लाख ७१ हजार ३२७ जना रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताउनुभयो ।

विभागका अनुसार यो तथ्याङकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने, भारतको बाटो भएर श्रम स्वीकृति नलिई युरोपेली देशहरूमा जाने तथा मौसमी कामदारको रूपमा भारत, कोरिया र बेलायतलगायत देशमा जानेहरूको सङ्ख्या जोडिएको छैन ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार