सम्झिरहेछु तिमीलाई
दुनियाको रंगहिन यो कुनामा बसेर ।कुल्चिए पछि यो माटो
लेखुँला भनेकी थिए – केही कविताहरु
पठाउला भनेकी थिए – तिमीलाई कोशेली
अहो १ वर्ष बितिगएछ,
मेरा शब्दहरु यहि सहरमै अलमलिएछन् ।साँच्चै !
सृष्टिकै एक उपहार
यो जीवनको असाध्यै माया लाग्छ,
त्यसैले बाध्य छु म सपनाहरू देखिरहन ।यहि जीवनलाई बिगार्ने
र सपार्ने जीवन देख्दा अचम्म लाग्छ
मान्छेको परिचय भूल्ने
मान्छे पनि मान्छेकै पछाडि लागेको देख्दा अचम्म लाग्छ ।जन्मलाई पेवा
र मृत्युलाई दाईजो सम्झनेको लाम देख्छु
दयाको भारीले थिँचिन्छु
आफै, आफै बाँचेको बिर्सिन्छु ।धर्तीमा पाईला टेकेको समय देखि
जीवनमा पाएको र गुमाएको
हिसाब निकाल्ने फुर्सद छैन म सँग
ुजीवनु बाँच्नुको सम्झौता गरेर
त्यो हिसाबको सुत्र प्रेमले सुम्पिएकी थिए
मेरो जीन्दगीको एकएक अध्यायको
अनुसन्धान उसैले नै गरोस् भनेर ।मेरो लागी त्यो समय रापिलो थियो
जीन्दगी सुनाखरी जस्तै लाग्थ्यो
मन गुराँस जस्तै फूल्थ्यो
सगरमाथा चढे जस्तै लाग्थ्यो
यो सँसारको जम्मै खुसी आफ्नै बरन्डामा परे जस्तो लाग्थ्यो ।सधै हाम्रो मुठ्ठिभित्र मात्रै रहिरहेन समय
बाधा र अबरोधले पूर्व र पश्चिम बनायो हामीलाई ।यो दुनियाको अर्को कुनामा रहिरहँदा पनि
कहिलेकाँही सम्झना र खुसी उपहारमा पठाउन मन लाग्छ,
तर म पनि तिमी जस्तै दुखको सहरमा छु
जुन सुदुरको चश्माले हेर्दा रंगैरगंहरूको चित्र देखिन्छ।तर मेरो लागि रंगहिन छ यही संसार
कि सबै रंगहरूको नाम ‘तिमी’ मेरो आँखामा छैनौ ।
प्रकाशित मिति : २०८० साउन २० गते शनिवार