२०८१ असार ४ गते मङ्गलवार

अवरुद्ध घोराही–लमही सडक खण्डमा पहिरो हटाउने कार्य जारी एकतर्फी गाडी संचालन



दाङ, २३ साउन ।
घोराही-लमही सडक खण्डमा एकतर्फीरुपमा गाडी संचालनमा आएका छन् ।

गएराती घोराही-लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका-६ बेलदमारमा पहिरो झर्दा अवरुद्ध भएको सडकमा बिहान साढे सातबजेपछि एकतर्फी रुपमा गाडी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक पूणर्रुपमा खुल्न अझै समय लाग्ने छ । वर्षापछि निरन्तर लेदो झरिरहेका कारण सडक पूणर्रुपमा खुलाउन समय लाग्ने उहाँले बताउनुभयो ।

अहिले जेसिवीसहित सुरक्षाकर्मीहरुबाट पहिरो हटाउने काम भइरहेको छ । गएरातीदेखि सडकमा लेदोसहितको ढुंगा र माटो खसेपछि सडक अवरुद्ध हुन पुगेको हो । यो सडक खण्डमा सोमबार बिहान पनि करिब चार घण्टा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार