दाङ, २९ साउन ।
दंगिशरण गगाउँपालिकामा अध्यक्ष शम्भु गिरीले क्षय रोग तथा एच आइभि एड्स जस्ता रोगहरुको उन्मुलनका लागी पालिकाले विशेष खालका कार्यक्रमहरु ल्याउन आवस्यक रहेको बताउनुभयो ।
दाङको दंगिशरण गाँउपालिकामा क्षय रोग सम्बन्धि समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।स्वास्थ्य क्षेत्रमा गाउँपालिकामा लक्ष्य अनुरुप प्रगती हुन नसकेको प्रती उहाँले दुख ब्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले स्वास्थ्यका हरेक कार्यक्रमहरुको समिक्षा गर्न अपरीहार्यता रहेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रदेखी नै सबैजना सकृयताका साथ लाग्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुवरले सबै टिबिका बिरामिलाइ खोजतलास गरी टिबि रोगिको संख्यामा कमि ल्याउन स्वास्थ्यकर्मिहरु सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिनुभयो दिनुभयो । उहाँले हरेक स्वास्थ्य सस्थाहरुलाई टिबि रोगिहरुको यकिन तथ्याङक राख्न आग्रह गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना, किड्सको आर्थिक सहयोग,तथा दंगीशरण गाउँपालिकाको सहजीकरणमा कार्यक्रम भएको हो ।
समिक्षा कार्यक्रममा बिषय बस्तुमाथि ल्याब टेक्निसियन अधिकृत देबिलाल डाँगीले प्रकाश पार्नुभएको हो । भने किड्सका सुशिला श्रीसले प्रगती बिबरण प्रस्तुत गर्नुभएको हो ।
दंगीशरण स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दंगीशरण गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक प्रदिप योगीले गर्नुभएको हो ।