२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा बाघको आक्रमण बाट १३ वटा खसी बाख्रा मरे



दाङ १३, भदौ ।
पश्चिम दाङको बबई २ मा बाघको आक्रमणबाट १३ वटा खसी बाख्रा मरेका छन ।

बबई गाउँपालिका वडा नं. माथिल्लो ट्वाङखोला जरेवास निबासी शुसिला खत्रीका ७ वटा खसी बाख्रा र छविलाल खत्रीका ६ वटा गरि जम्मा १३ वटा खसी बाख्रा बाघले मारेको स्थानिय कमला दर्लामीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घर नजिकैको खरकट्टीमा चराउन लगेका बाख्रा लाई मंगलवार दिउसो करिव ३ वजेतिर बाघले आक्रमण गरेको बताइएको छ ।

नजिकै जंगल भएकाले त्यस स्थानमा पटक पटक बाघले खसिबाख्रा खाने गरेको छ । यसपटक पनि २ घरका खोर रित्तिने गरि बाघले खसि बाख्रा खाईदिएपछि ठुलो क्षती भएको वडा न २ का वडा अध्यक्ष टेक बहादुर ओलिले जानकारी दिनुभयो ।

बाघले खोरै रित्तिने गरि खसी बाख्रा मारेर क्षेती भएपछि गाउपालिका बाट राहतको आशा गरेको पीडित शुसिला खत्रीले बताउनु भयो ।।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार