२०८१ बैशाख ५ गते बुधवार

खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु



रुकुम पश्चिम, १८ भदौ ।

रुकुम पश्चिमको चौरजहारीमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा एकै घरका दुई दाजुबहिनीको मृत्यु भएको हो ।

आइतबार दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।

मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार