दाङ,१४ असोज। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
असोज १३ गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार