२०८१ बैशाख ५ गते बुधवार

बाघको आक्रमणबाट सल्यानमा ४ जना घाइते



सल्यान,असोज १५ ।

बाघको आक्रमणबाट सल्यानमा चार जना घाइते भएका छन् । आज (सोमबार) विहान बाघले आक्रमण गर्दा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ३ का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छत्रेश्वरी गाउँपालिका वडा नं.३ दोलीका ५२ बर्षिया पुर्णराज बिकले संचालन गरेको कुखुरा फार्म भित्र लुकेर बसेको बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परि सोही ठाउँका ४० बर्षिया राजबहादुर केसी,४० बर्षिया टेकबहादुर थापा,१६ बर्षिया छविलाल केसी र २७ बर्षिया भिमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो । बाघले कुखुरा फर्ममा पसेर तीन वटा कुखुरा मारेको उहाँले बताउनुभयो ।

कुखुरा फर्ममा लुकेर बसेको बाघले राजबहादुर केसी लाई आक्रमण गरेको र अन्य तिनजनालाई भने सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो । अन्य तिनजना व्यक्तिलाई सोही क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको हो ।

घाइतेहरुलाई थप उपचारका लागि सल्यान अस्पतालमा पुर्याइएको छ भने,बाघको व्यवस्थापनको लागि इलाका बन कार्यालय लुहामको टोली घटना स्थलमा पुगिसकेको र बाके राष्ट्रिय निकुञ्जको टोली त्यस स्थान तर्फ जाँदै गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार