दाङ, १७ असोज ।
राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन दाङको तुलसीपुरमा सम्पन्न गरेको छ। मंगलवार सम्पन्न तेस्रो अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ।
तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा सम्पन्न गरिएको अधिबेशन बाट संघको अध्यक्षमा दिपक ओलि चयन हुनुभएको छ ।
संघको बरिस्ठ उपाध्यक्षमा एच.आर. मगर , प्रथम उपाध्यक्ष उषा दशौदि , उपाध्यक्ष कमल खड्का , दिपक बर्मा, हरिकला बुढा र श्रीधर कँडेल रहनुभएको छ ।
सचीवमा भिम बहादुर ओलि , सह–सचिवमा ईश्वर बि सि , प्रबक्ता रमेश ओलि , कोषाध्यक्ष टंक खड्का , सह–कोषाध्यक्ष वीर बहादुर बि.क चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा करण ओलि , दामोदर केसि ,रमेश जैशी , हर्क बहादुर बि क , बेलमति बि क , पुजा बि क , प्राबति बि क , बसन्तबाबु वलि ,आशा बुढामगर , बिमला थापा मगर , लोक बहादुर बि क , हरि प्रसाद पाण्डे , अस्मिता के सि,जानकी बि क , बसन्त रानामगर , गुमाणसिंह केसि रहनुभएको छ ।
संघको सल्लाहकारहरुमा सन्तोष कुमार गुप्ता , शंकरमान बिष्ट र राजकुमार ओलि लाई नयाँ नेतृत्वमा मनोनीत मनोनित गरीएको छ।
नवनियुक्त पदाधिकारीबधाई तर्था शुभकामना दिदै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राज्यले गर्नुपर्ने काम राष्ट्रिय संगीतकर्मीले गर्दै आइरहेको बताउनुभएको छ।
कलाकार स्थापित गर्न राष्ट्रिय संगीतकर्मी संघले महत्त्वपूर्ण भुमीका निर्वाह गर्छ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कला क्षेत्रको विकासका लागी पालीकाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको वताउनुभयो।
त्यस्तै विशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष तथा का।वा अध्यक्ष प्रकाश कटुवालले राष्ट्रिय संगीतकर्मी हजारौं संगीतकर्मीहरुको साझा संस्था रहेकाले सवै कलाकर्मीको घर भएको बताउनुभएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ कुनै पाटीको कुरा नभई नेपाली संगीतलाई माया गर्ने विभिन्न जात ,जाति , धर्म , बर्ग समुदायको साझा संस्था रहेको बताउनुभयो।
संघ कुनै एउटा विधामा आवद्ध व्यक्ति हरुलाई मात्र नभई विभिन्न विधाका व्यक्तिहरुलाई समेटने समेत बताउनुभयो । उषा दशौदिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपक वर्माले गर्नुभएको थियो ।