दाङ, १९ असोज ।
सल्यानमा एक महिला आफ्नै घर भित्रकोे भकारोमा मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका घरभित्रै भकारोमा मृत भेटिनुभएको हो ।
घरभित्रै रोका मृत अवस्थामा भेटिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताउनुभयो । मृत भेटिएका महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान लगिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार शंकास्पद भएपछि घटनाको थप अनुसन्धान भइरहेको छ । घर परिवारले महिला १५ गते बेलुकीदेखि हराएको बताएका छन् ।।
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार