दाङ, ३ कार्तिक ।
दाङको तुलसीपुरमा दशै विदामा घुम्न लायक विभिन्न पर्यटकिय ठाँउहरु रहेका छन् । त्यस मध्येको घुम्नै पर्ने ठाँउ तलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेको धार्मिक एवं पर्यटकिय ऐतिहासिक स्थल छिल्लिकोट हो ।
यो वर्ष छिल्लीकोट पुग्नको लागि बासगढी-स्यालापानि हुँदै पनि जान सकिने वडा सदस्य पूणर् बहादुर बुढाथोकीेले बताउनुुभयो । उक्त बाटोमा साना तथा ठुला गाडि जाने उहाँको भनाई छ ।
गतवर्ष धेरैले बाटो बिग्रिएको गुनासो गरेपछि यो वर्ष यात्राको लागि सहज बनाइएको बुढाथोकीले बताउनुभयो । यो वर्ष दशैमा सक्राम र बासगढी स्यालापानी हुँदै पनि जान सकिने उहाँले बताउनुभयो । बाटोमा शान्ति सुरक्षाको लागि ठाँउठाँउमा अस्थायी प्रहरी पनि रहेको उहाँले बताउनुभयो ।
छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यबस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।
पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् । छिल्लिकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ ।