२०८१ भाद्र २२ गते आइतवार

बडा दशैँकाे आज आठौँ दिन : महाअष्टमी मनाइदै



दाङ, ५ कार्तिक ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाआराधनासहित मनाइन्छ । आजका दिन सल्यानको खैराबाङ मन्दीर लगायत देशभरका शक्तिपिठमा बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ ।पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौंँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार