२०८१ असार ४ गते मङ्गलवार

भुकम्पमा परी जाजरकाेटमा ९५ र पश्चिम रूकुममा ३७ जनाकाे मृत्यु



दाङ,१८ कार्तिक ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि १ सय ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पमा परी १४० जना बढी घाइते भएको नेपाल प्रहरीले जनाएकाे छ।

जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । जाजरकाेट सहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ ।

रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् ।जाजरकाेटमा ५५ जना घाईते भएकाे बताईएकाे छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार