२०८० फाल्गुन १३ गते आइतवार

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते



दाङ, १८ कार्तिक ।

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो ३:३० बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ रहेको छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार