२०८१ माघ ४ गते शुक्रवार

किशोरले पाए दाङवाट पहिलो गैर आवसीय नागरिकता



दाङ,२० कार्तिक
जिल्ला प्रशासन कार्यालय दाङवाट आज (सोमवार) पहिलो पटक गैर आवासीय नागरीकता प्रदान गरीएको छ।
गृह मन्त्रालयको नयाँ नियम र परिपत्र अनुसार आज पहिलो नागरीकता प्रदान गरएिको हो ।

नागरीकता पाउने पहिलो गैर आवसीय नागरिकमा घोराही उपमहानगरपालिका वडा न १७ निवासी पुष्प राज आचार्यका छोरा किशोर कुमार आचार्य रहेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।

कागजी प्रक्रीया पुरा गरेर सेवा लिन आउनुभएका आचार्यलाई दाङवाट पहिलोपटक सोमवार गैर आवसीय नागरिकता प्रमाणपत्र प्रदान गरीएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार