२०८० फाल्गुन १३ गते आइतवार

दाङमा मालुको पात टिप्न जंगल गएका एक जनाकाे मृत्युु



दाङ, २४ कार्तिक ।
दाङमा जंगलमा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । मालुको पात टिप्न गएका घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय जुगरू चौधरी घाइते अवस्थामा भेटिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लका अनुसार जुगरू बिहीबार बिहान आठ बजेतिर मालुको पात टिप्न भनेर जंगल जानुभएको थियो ।

घटनाबारे बेलुका साढे ४ बजेपछि मात्रै प्रहरीलाई खबर आएको थियो । प्रहरीले चोधरीलाई ७ बजेर ४० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक चौधरीको छातिमा गोली लागेको घाउ देखिएको छ ।

शवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र पोस्टमर्टम हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार