२०८१ असार १ गते शुक्रवार

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु



दाङ, ३० कार्तिक ।
सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर कुमाख गाउँपालिका–५, कालागाउँका २६ वषीय रुपक शाहको मृत्यु भएको हो ।

तिहारको अघिल्नो दिन घरबाट निस्केका उहा घरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको गोरेटो सडकको भिरबाट लडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले बताउनुभयो ।

भिरबाट लडेका उहाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी गराएको प्रहरीको भनाइ छ । शाहको पोस्टमार्टमपछि दाहसंस्कार भइसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार