२०८१ कार्तिक २१ गते बुधवार

किन हुँदैछ रोल्पाका तीन पालिकामा भोलिदेखि एकसाता विद्युत आपुर्ति बन्द ?



रोल्पा, १४ मंसिर ।
मंसिर १५ गते शुक्रबार देखी २२ गते शुक्रबार सम्म एक साता सुनिलस्मृती, लुङ्ग्री गाउँपलिका र सुनछहरी गाउँपालिको विभिन्न क्षेत्रहरुमा विद्युत आपुर्ती बन्द हुने भएको छ ।

रोल्पा जिल्ला, रोल्पा वितरण केन्द्रको क्षेत्र भित्र पर्ने सातदोबाटो लाकुरीमा निर्माण भएको ३३/११ के.भी. को सवस्टेशन संचालनमा आउने भएकोले लुङ्ग्री गाउँपलिका र सुनछहरी गाउँपलिका क्षेत्रहरुमा पर्ने भिझिङ, सुलिचैर, अरेश, तेवाङ, शिर्प, बडाचौर, पाङ, गुम्चाल, फगाम, जैमाकसला, र पोबाङ क्षेत्रमा मंसिर १५ गते शुक्रबार देखी २२ गते शुक्रबार सम्म विद्युत आपुर्ती बन्द हुने रोल्पा वितरण केन्द्रले जानकारी दिएको छ ।

नेपाल विधुत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढिकण तथा विस्तार आयोजना अन्तर्गत सातदोबाटो लाकुरीमा निमाणर् भएको ३३/११ के.भी. को सवस्टेशन संचालनमा आउदै छ ।

यस्तै सुनिलस्मृति, लुङग्री र सुनछहरी गाउँपालिका क्षेत्रहरुमा संचालन भईरहेको ३३ के.भी. लाईन अब उप्रान्त ११ के.भी.मा संचालन हुने भएकोले उक्त ३३ के.भी वितरणका ट्रान्सफर्महरु जडान गर्ने कार्य गर्नुपर्ने भएको हुँदा उक्त लाईनमा जडान रहेका ३३/०.४ के.भि का वितरण ट्रान्सफरमरहरु समेत बदली गरी ११/०.४ के.भि का वितरण ट्रान्सफरमरहरु जडान गर्ने कार्य गर्नुपर्ने भएकोले पहिलो चरणमा उक्त ठाउँमा विद्युत अवरुद्व हुने भएको हो ।

दैनिकी रुपमा ट्रान्सफरमरहरु बदली कार्य सम्पन्न हुने ठाउँमा सोही दिनबाट क्रमिक रुपमा विद्युत सुचारु हुने पनि रोल्पा वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार