२०८० फाल्गुन १३ गते आइतवार

चलचित्र ‘भाविको लेखान्त’ दाङ र रोल्पामा छायांकन हुने



तुलसीपुर, २२ मंसिर । नेपाली कथानक चलचित्र ‘भाविको लेखान्त’ दाङ र रोल्पामा छायाँकन हुने भएको छ । टेलि चलचित्रको रुपमा रहेको ‘भाविको लेखान्त’ अब ठुलो पर्दाका लागि छायाँकन हुन लागेको हो ।

ठुलो पर्दामा आउन लागेको चलचित्र ‘भाविको लेखान्त’ को दाङ र रोल्पामा छायाँकन गरिन लागेको निर्देशक लेखान्त भुषालले जानकारी दिनुभयो । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा निर्देशक भुषालले चलचित्रको कथावस्तुसंगै छायांकनस्थलमा नयाँपन आउने बताउनुभयो ।

त्यस अवसरमा खलनायक मुकुन्द थापाले दाङकै कलाकार लेखान्त भुषालले बनाउन लागेको चलिचित्र सफलताको शुभकामना दिनुभयो । उहाँले कुनै पनि चलचित्रमा सबै पात्रको महत्वपूणर् भूमिका हुने भन्दै खलनायककै कारण नायकको भूमिका शसक्त देखिएको बताउनुभयो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गर्नुभएको हो ।

कुन्जन घिमिरेको लेखन र लेखान्त भुषालको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘भाविको लेखान्त’ मा सन्दीप चौधरीको सम्पादन रहेको छ ।

चलचित्रमा लेखान्त भुषाल, मुकुन्द थापा, सुन्दर मायालु लगायतका कलाकार रहेका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार