२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुरमा ट्याक्टरकाे ठक्करबाट पैदल यात्रु घाईते



दाङ,२७ मंसिर ।

दाङकाे तुलसीपुरमा ट्याक्टरकाे ठक्करबाट एक जना घाईते भएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.११  उरहरीबाट बखरिया तर्फ जादै गरेको रा १ त २६५४ नम्बरकाे ट्याक्टरकाे ठक्करबाट उरहरीमा पैदल हिँडिरहेका साेहि ठाउँ निवासी १७ बर्षिया अस्मिता पाेखरेल घाईते भएकाे  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे।

ट्याक्टरकाे ठक्करबाट घाईते पाेखरेलकाे  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि  नेपालगंन्ज रिफर गरीएकाे प्रबक्ता मल्लले जानकारी दिनुभयाे।घाईते बालिकाकाे मुख र कम्मरमा चाेट लागेकाे छ ।उनकाे अबस्था मध्यम रहेकाे छ।

पैदलयात्रि पाेखरेललाई ठक्कर दिने  ट्याकटर प्रहरीकाे नियन्त्रणमा रहेकाे छ भने  ट्याक्टर चालक तुलसीपुर १३ का फत्ते चौधरी फरार  रहेकाे प्रहरीले जनाएकाे छ । फरार रहेका चालक चाैधरीकाे खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार