दाङ, १ पुस ।
पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीले राजनैतिक दलहरुले न्यायालय नियन्त्रणमा राख्न खाजेको बताउनुभएको छ । न्यायालाय स्वतन्त्र हुनुपर्ने भन्दै उहाँले न्यायालयलाई कार्यपालिकाले हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
तुलसीपुर मेट्रो कलेजको कानुन संकायका विद्यार्थीले आइतबार तुलसीपुरमा आयोजना गरेको ‘कानुनका कुरा विद्यार्थीसंग विधि र अनुभवका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानान्यायधिश कार्कीले न्यायपालिकाले आफ्नो काम आफै गर्न पाउनुपर्ने बताउनुभयो ।
अदालतले फैसला गरेको कुरा राष्ट्रपतिले उल्टाउने कार्य न्यायसंगत नभएको उहाँले बताउनुभयो । ‘अदालतले फैसला गरेका कुरा राष्ट्रपतिले माफी दिदैँ जाने हो भने त्यसको अर्थ के भयो र ? उहाँले भन्नुभयो-‘यो गलत नै हो, केहि समय अगाडी एउटा फैसला त सर्बोच्चले उल्लाटाएको छ, यसले नजिर स्थापित गरको छ ।’
उहाँले पछिल्लो समय सबै क्षेत्रमा राजनीति हावि हुँदै गएको अवस्थामा पनि न्यायालय पनि त्यसबाट टाढा हुन नसकेको बताउनुभयो । तर नेतासंग सल्लाह गरेर फैसला गर्न नसकिने बताउनुभयो ।
नेपालमा प्रथम महिला प्रधानान्यायधिस हुँदा निकै समस्या झेल्नुपरेको अनुभव व्यक्त गर्नुभएको छ । कार्यक्रममा पत्रकार तथा लेखक हरिबहादुर थापाले न्यायालयमा नियुक्ति र संसदको निस्कृयताका कारणले पछिल्लो समय कार्यकारीणी बलियो बन्दै गएको बताउनुभयो । कार्यकारीणी बलियो बन्द अरु क्षेत्रमा हस्तक्षेप बढेको बताउनुभयो । न्यायलयको नेतृत्वको भूमिका कमजोर हुँदा कार्यकारीणीले हस्तक्षेप गर्ने वातावरण बन्ने बताउनुभयो ।
कार्यक्रममा कानुन संकायका विद्यार्थीले विभिन्न कानुनका विभिन्न विषयमा प्रश्न राखेका थिए । कानुन संकायका संयोजक बिजय पोखरेलको अध्यक्षता तथा पूर्व प्रधानान्यायधिस सुशीला कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कलेजका प्रमुख बसन्त विवश आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको इन्द्र खत्रीले गर्नुभएको हो ।