२०८१ जेष्ठ ३१ गते बिहिवार

लुम्बिनी प्रदेश स्तरीय एकल गायन प्रतियोगितामा राप्ती बाल एकाडेमीका सदिक्षा दाेस्राे



दाङ,१५ पुस ।

नेसनल प्याब्सन लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न  लुम्बिनी प्रदेश स्तरीय एकल गायन प्रतियोगितामा दाङका सदिक्षा पाेखरेल दाेस्राे हुनुभएकाे हाे ।

पुस १४ गते (शनिबार) दाङकाे लमहीमा सम्पन्न एकल गायन प्रतियोगितामा दाङ जिल्लाको प्रतिनिधित्व गर्दै राप्ती बाल एकेडमी तुलसीपुरबाट सहभागी छात्रा सदिक्षा पोखरेल दोस्रो हुन सफल भएकाे प्रधानाध्यापक ठाकुर प्रसाद डाँगीले जानकारी दिनुभयाे ।

लुम्बिनी प्रदेशबाट सहभागी भएका २६ जना प्रतिस्पर्धि मध्य पाेखरेल दाेस्राे  हुनुभएकाे हाे ।

एकल गायन प्रतियोगितामा लुम्बिनी प्रदेशमै दाेस्राे भएपछी  प्रअ डाँगीले सहभागी छात्रा सदिक्षा पाेखरेललाई बिद्यालयकाे छवि उचाे बनाएकाेमा धन्यवाद दिनुभएकाे छ ।

प्रतियोगितामा दाेस्राे स्थान प्राप्त गर्ने पाेखरेललाई नगद पाँच हजार रूपैया,सम्मानपत्र र मेडलले सम्मानित गरीएकाे छ ।

बिद्यालयले स्थापनाकालदेखीनै शिक्षा संगै अतिरिक्त कृयाकलापमा समेत जाेड दिदै आएकाे छ।

तुलसीपुर, ६ गाईडहरमा रहेकाे राप्ती बाल एकाडेमीले संस्कार र संस्कृतिकाे संरक्षणमा टेवामुलक शिक्षा प्रदान गर्दै आइरहेकाे छ ।

 

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार