२०८१ भाद्र २२ गते आइतवार

काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने देशप्रेमी सिनेमा :अभिनेता नवल खड्का



दाङ,माघ ५,
नायक, निर्माता तथा कलाकार नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमि प्रतिको प्रेम झल्कने फिल्म भएको बताउनुभएको छ । चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले देश रहे हामी रहन्छौ माटो र मानिस जोगाउ भन्ने कथा बस्तु रहेको काँडेतार देश प्रेमी रहेको बताउनुभयो । नेपालको खुल्ला सिमाना , विदेशी हस्तक्षेप र विभिन्न विकृति रोक्ने लगायतका विषयहरु काँडेतारले बोकेको बताउनुभयो ।

“हामी यो देशका नागरिक हौं अब हामीले सीमा सुरक्षा नगरे कसले गर्छ भन्ने हाम्रो हो”,उहाँले भन्नुभयो । राष्ट्र र राष्ट्रियता जोगाउन काँडेतारले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाइ छ ।
सेन्सर भईसकेका चलचित्र देखाउन केही ठाउँमा रोक लगाउनू मा सरकारको कमजोरी रहेको गुनासो गर्नु भयो । ”स्वदेशमा बसेर विदेशीको इशारामा चल्दा राष्ट्रलाई ठूलो आघात भएको छ, यो कस्तो विडम्बना “।
देशको शान मान र गौरव खोसिने अवस्थामा हामी छौ अब यो देशको गौरव लाई खोस्न दिनु हुन्न उहाँले भन्नुभयो । जसलाई देश प्रति माया छ उसले अबस्य काँडेतार हेर्छ।
यति मात्र होइन देश र माटो जोगाउन संसदमा समेत बहस हुनु पर्ने उहाँको माग रहेको छ ।

देशप्रेमका खोल ओढेका हरुलाई काँडेतारले चेतना खुल्नेमा खड्का विश्वस्त हुनुहुन्छ । । देश समाज परिवर्तनका लागि चलचित्र एउटा सशक्त माध्यम भएको बताउनुभयो।
यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज हुँदै छ । देसका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भएरहेको छ । करिब ७० भन्दा बढी च्यारिटी सो सम्पन्न भएकोमा दाङमा भने माघ १३ गते हुँदै छ ।

चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नु भएकोथियो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार