तुलसीपुर,८ माघ।
लोकप्रिय तथा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पत्रकारिताको माध्यमबाट नेपाली कलाकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताउनुभएको छ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले पत्रकारिता क्षेत्र बलियो भयो भने मात्र कलाकारिता क्षेत्र बलियो हुने बताउनुभयो ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा नेपाली कलाक्षेत्रको विगत र वर्तमान विषयक अन्तरकृया कार्यक्रममा बोल्दै श्रेष्ठले चलचित्रहरुले समाजमा दिने सन्देशहरू एउटा हलमा मात्र सीमित नभएर सञ्चार मध्यबाट प्रवाह हुँदा एकैपटक धेरै ठाउँमा सुचना तथा सन्देश पुग्ने बताउनुभयो ।
कलाकारिता क्षेत्र बिगतकाे तुलनामा विकसित भएको र प्राबिधिक रुपमा पनि नयाँपन भित्रीएकाे बताउनुभयो। अहिलेकाे सञ्चार माध्यमले कलाकार उत्पादनमा धेरै सहयोग पुगेकाे र क्षेमतावान ब्यक्ति कलाकारिता क्षेत्रमा बिक्न र टिक्न सक्ने भन्दै बिगतवाट सिकेर वर्तमानमा अघि बढ्दा राम्रो कलाकार उत्पादन हुने बताउनुभयो ।
श्रेष्ठले सकारात्मक ऊर्जाको लागि आफूले कलाकारिता क्षेत्रलाई रोजेकाे बताउनुभएकाे छ ।
गीत गाउदा सास नपुगे पनि साहस अझै रहेकाे बरिष्ठ कलाकार श्रेष्ठले अझै हिम्मत नहारेकाे बताउनुभयो । साहस कै कारण याे अबस्थामा पनि मैले केही चलचित्र, म्यूजिक भिडियोमा काम गर्दै अघि बढेकोमा थप उर्जा थपिएकाे बताउनुभयाे ।
कलाकारलाई हाइलाइट गर्न सञ्चार माध्यम र चलचित्र पत्रकारहरुकाे भुमिका अपरिहार्य भएको बताउनुभएकाे छ । कार्यक्रममा सर्बप्रीय कलाकार यमन श्रेष्ठ, तुलसीपुर उपमहानरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, तुलसीपुर उपमहानरपालिकाका प्रवक्ता माधव ओलीकाे सहभागिता रहेकाे थियाे ।
यस्तै कार्यक्रममा रिपोर्टस कल्व दाङका अध्यक्ष शरद रेग्मी, साहित्यकार तथा पत्रकार वसन्त आचार्य चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष शिव पुन लगायतकाे उपस्थिति रहेको थियो ।
संघका निवर्तमान अध्यक्ष शिव पुनकाे स्वागत मन्तवबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।