दाङ,१० माघ ।
दाङमा एक वडाले हरेक घरमा १० बोट खुर्सानीका विरुवा अनिवार्य रोप्नुपर्ने योजना ल्याएको छ । सुन्दा सामान्य लाग्ने तर व्यवहारमा प्रयोग नभएपछि योजना अघि वढाइएको छ । खुर्सानीमा वडालाई आत्मनिर्भर वनाउन तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ ले यस्तो योजना ल्याएको हो ।
खुर्सानी हरेक नागरीकको भान्सामा अत्यावशक चिज हो । घरायसी प्रयोजनका लागी आवश्यक खुर्सानी खेती समेत नगर्दा वर्षेनी लाखौ रुपैया अर्को मुलुकमा जान थालेपछि यस्तो योजना ल्याइएको वडा अध्यक्ष मान वहादुर रावतले जानकारी दिनुभयो ।
वडामा करिव २ हजार ५ सय घरधुरी छन । वार्षिक औसत आधार दरलाई हेर्दा प्रत्यक घरमा सरदर २ हजारका दरले एउटा भान्सामा खुर्सानी खपतहुने गरेको अनुमान गरएिको छ । यसरी कुल घरधुरीमा हुने खुर्सानीको खपतवापतको ५० लाख भन्दा वढि रकम वडावाट वाहीरीने गरेको छ ।
एक घरले सामान्यता १० बोट खुर्सानीको विरुवा रोपेमा पनि वर्षभरी खुर्सानी किन्नु नपर्ने अवस्था रहेको अध्यक्ष रावतले वताउनुभयो । थोरै खेती गर्ने किसानले त हातमुख धुदाँ एवम भाँडा माझेको पानीले समेत सजिलै सिंचाई गर्न सकिन्छ ।
व्यवसायीक रुपमा खेती गर्न चाहने किसानका लागी वजारीकरणमा मद्दत तथा विक्री नभएमा वडाले चलनचल्तीको मूल्यमा खरीद गर्ने अध्यक्ष रावतले बताउनुभयो ।
यो अभियान मार्फत हरेक नागरीकलाई श्रम र स्वास्थ्यसंग जोड्न खोजीएको छ ।
अहिले खुर्सानिमा परनिर्भर भैरहेको अवस्थामा यो अभियान पछि वडा सफल भएमा खुर्सानीमा आत्मनिर्भर हुनेछ । त्यस्तै खुर्सानीको खरिदमा खर्च हुने ठुलो रकम समग्र तुलसीपुरकै विकासका लागी योजना बनाउन सकिने अपेक्षा गरएिको छ ।
यसैविच मंगलवार वडाध्यक्ष मान वहादुर रावतको अध्यक्षतामा टोल विकास संस्थाका अध्यक्ष लगायत सरोकारवाला सहितको बैठक बसेरे हरेक घरमा कम्तिमा १० बोट सम्म खुर्सानी रोप्ने निर्णय गरिएको छ । हरेक टोलमा कार्यान्वयन भए नभएको वडा तथा टोल विकास संस्थाले जानकारी लिने व्यवस्था मिलाइएको छ ।
वडाबासिलाई सामान्य तरीकाले घरमै गर्न सकिने खुर्सानी खेती गर्न तर्फ प्रेरीत गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो टोलमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको कृष्ण मन्दीर टोल बेलटाकुराका अध्यक्ष ओविर बहादुर चन्दले बताउनुभयो । कार्यक्रममा अमर माविका प्रधानाध्यापक पदम बहादुर वली,नेपाली कांग्रसका हेमराज वली,नेकपा माओवादी केन्द«का बेद बोहरा लगायतले बोल्नुभएको थियो । वडा सचिव पदम भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको हो।
वेसार र अदुवामा पैँचो कार्यक्रम
तुलसीपुर उपमहानगरपालीका–११ मा बेसार र अदुवा खेती गर्ने किसानलाई पैँचो कार्यक्रम सञ्चालन गरीने भएको छ । पैँचो कार्यक्रम अन्र्तगत किसानले बेसार र अदुवा मध्य कुन खेती गर्न चाहेको छ सोको विवरण खुलाएर वडामा निवेदन दिन सकिने अध्यक्ष रावतले जानकारी दिनुभयो ।
यसरी वडामा आएका किसानको निवेदन संकलन गरी अदुवा र वेसारको विउ पैँचो दिइने उहाँले बताउनुभयो । अदुवा र वेसार उत्पादन पछि भने वडा कार्यालयलाई पैँचो तिर्नुपर्नेछ ।