२०८१ असार ४ गते मङ्गलवार

सुनचाँदी पसलमा लागेको आगो नियन्त्रणमा



तुलसीपुर,१८ माघ ।
तुलसीपुरमा क लाइनमै रहेको एक सुनचाँदी पसलमा आगलागी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा बिहिबार बेलुका साढे सात बजेतिर आगलागी भएको हो ।

आगो करिब २० मिनेटमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ललित गुप्ताले संचालन गरेको सुनचाँदी पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको दमकल र प्रहरीको सहायताले आगो नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रणमा ल्याएका कारण वरपरका पसल क्षति हुनबाट जोगिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार