२०८० फाल्गुन १३ गते आइतवार

तुलसीपुर र कपुरकाेट क्षेत्रमा आज दिनभर लाइन नआउने



तुलसीपुर,२१ माघ ।
तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी र ११ केभी सब स्टेशनमा रहेका पुराना केभी ब्रेकर हटाइ नयाँ ब्रेकर परिवर्तन गर्ने कार्य याेजना अनुसार लाइन आइतबार पनि कटौती गर्ने प्राधिकरणले जनाएको छ ।

तुलसीपुर क्षेत्र अन्तरगत पर्ने मानपुर, बिजौरी, पुुलबारी र कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रमा आज(आइतबार ) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल बिधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख  शिवनारायण गाेशलिले बताउनुभयो ।

स्टेशनमा रहेका पुराना ११ केभीका ब्रेकर हटाएर नयाँ ब्रेकर राख्ने काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार