२०८० फाल्गुन १३ गते आइतवार

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



दाङ,२१ माघ ।
लुम्बिनी प्रदेशमा  आज(आइतबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार