दाङ, २३ माघ ।
सरकारले २०८० साल फागुन १ गते जनयुद्ध दिवसका अवसरमा दिएको बिदा उत्प्रेषणको आदेशले बदर भएको छ ।
सर्वोच्च अदालतबाट माघ २३ गते जारी भएको सूचनामा जनयुद्ध दिवसका अवसरमा सरकारको २०७९ माघ २९ गतेको निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय भएको थियो ।
जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेपछि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको छ ।
उक्त रिटका सम्बन्धमा सर्वोच्च अदालतले गत पुस १३ मा फैसला गर्दै जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको थियो । जसअनुसार सर्वोच्च अदालतले आज(मंगलबार) सुचना जारी गरेर आउदो फागुन १ गतेको सार्वजनिक विदा उत्प्रेषणको आदेशद्वारा बदर भएको जारी भएको सूचनामा भनिएको छ ।