२०८१ साउन ८ गते बुधवार

तुलसीपुर महोत्सव शुरू लगानी गर्दा डराउनुपर्ने अवस्था छ :वैद्य 



तुलसीपुर, २४ माघ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा निजि क्षेत्रले लगानी गर्ने वातावरण नभएको बताउनुभएको छ । उहाँले नेपालमा निजी क्षेत्रले लगानी गर्नका लागि स्थायी निती नभएकोले लगानी लगाउन डराउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

पछिल्लो समय देशमा आर्थिक मन्दीको सिृजना भएसंगै उद्योगी व्यवसायी धारासायी अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले व्यक्तिगत निती भन्दा पनि स्वस्थकर निती आउनु पर्ने व्यवसायीको माग भएको बताउनुभयो ।

बुधबारदेखि शुरु भएको तुलसीपुर व्यापारीक महोत्सवलाई सम्बोधन गर्दै वैद्यले नेपाल सरकारले व्यापारीहरुको आन्दोलनलाई संसोधन गरेर नयाँ निती नियम ल्याएता पनि बैंकहरुले व्याजदर भने नघटाएको बताउनुभयो ।

त्यस्तै उहाँले उद्योग वाणिज्य महासंघ व्यवसायीहरुको माग अनुरुपको व्यवसाय संचालन र आर्थिक चलायामान होस् भन्ने कुरामा लागि राखेको तर यति हुँदा हुँदै पनि अस्तिका दिनहरुमा अध्ययनका लागि मात्रै युवापुस्ताहरु विदेशीने भएपनि पछिल्लो समय व्यवसायी नै पलायन हुनुपर्ने अवस्थाको सिजृना भएकोमा दुख व्यक्त गर्नुभयो ।

त्यस्तै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि नयाँ निती ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद रेखा शर्मा, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद सुवेदी, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष टंक बुढाथोकी, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, निर्वतमान अध्यक्ष घनश्याम पाण्डे, तुलसीपुर चेम्बर अफ कर्मशका अध्यक्ष टोप बहादुर घर्ती लगायतकाले मेला महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्न भूमिका खेल्ने बताउनुभयो ।

साथै कार्यक्रमको उद्घाटनपूर्व तुलसीपुर-५ बसपार्कदेखि विभिन्न संघसंस्था, टोल विकास समिति, विद्यालय लगायतले शोभायात्रा निकालेका थिए भने कार्यक्रमको सहजिकरण संघका सल्लाहकार शरद रेग्मी र उद्योग सह-कोषाध्यक्ष बिमल गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार