२०८१ चैत्र ५ गते मङ्गलवार

विद्युतको तार सर्ट हुँदा दंगिशरणमा आगलागीबाट एक घर पूणर्रुपमा क्षति



दाङ, २५ माघ ।
दाङमा एक घरमा आगलागी हुँदा करिब आठ लाखको क्षति भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ कौवाघारी पिपलतरा निवासी मीनप्रसाद बिकको घरमा बुधबार दिउँसो ४ बजेतिर आगलागी भएको हो ।

घरमा लागेको आगो करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाट घर पूणर्रुपमा जलेर नष्ट भएको छ । आगलागिको कारण कम्तिमा ८ लाख बरावरको क्षति पुगेको पिडित मीनप्रसाद बिकले बताउनुभयो ।

विद्युतको तार सर्ट हुँदा आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । विद्युतको पोलबाट तार छुटेर सर्ट भएपछि फुसले छाएको घरमा आगलागी भएको हो ।

पोलमा विद्युतको आगलागीबाट मानविय क्षति भने हुन नपाएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार