लुम्बिनी प्रदेशमा ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने १० लाख बढी चालक कार्बाहीमा परेका छन् । प्रदेशमा बितेको ४६ महिनामा १० लाख बढी सवारी चालक कारबाहीबाट ५४ करोड ५७ लाख बढी राजस्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि चालु वर्षको माघ महिनासम्म १० लाख १७ हजार १५८ वटा सवारी साधनका सवारी चालक कारबाहीमा परेका छन् ।
जसबाट ५४ करोड ५७ लाख २८ हजार ७५२ रुपैंया राजस्व संकलन भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी तथा डिएसपी हुम बहादुर थापाले बताउनुभयो ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म एक लाख ४९ हजार ५४५ वटा सवारी चालक कारबाहीबाट १० करोड ८३ लाख ३५ हजार २ रुपैंया राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०७९/८० मा २ लाख ९६ हजार ३ सय ४५ वटा सवारी चालक कारबाहीबाट २१ करोड ७१ लाख ७४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै आर्थिक वर्ष ०७७/७८ मा २ लाख ८६ हजार ३६९ वटा सवारी चालक कारबाहीमा परेका थिए । जसबाट १९ करोड ३२ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा २ लाख ८४ हजार ८ सय ९९ वटा सवारी चालक कारबाहीमा परेकोमा २० करोड ८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको देखिएको छ । प्रदेशमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरिएको भए पनि सवारी चालक कारबाहीमा पर्नेको संख्यामा भने न्यूनीकरण हुन सकेको छैन ।