२०८१ साउन ५ गते आइतवार

दुर्घटनाग्रस्त माेटरसाईकल बोलेरो पिकअपसंग ठोकिएको पुष्टी



दाङ, ९ फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा परी रोल्पाको त्रिबेणी गाउँपालिका – ५ का २१ बर्षीय बिजय पुन र सोही ठाउँका २४ वर्षिय नेत्र भण्डारीको मृत्यु भएको हो ।

मृतक भण्डारी रुण्टीगढी गाउँपालिका-१ मा रहेको नेपाल राष्ट्रिय मावि रिठाबोटमा कार्यरत शिक्षक रहनुभएको थियो भने पुन तुलसीपुरमा व्यवसाय गरिरहनुभएको थियो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका – १६ सर्रा चोकमा विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप संग ठोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि डिएसपी मल्लले मोटरसाइकल साइकलसंग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको अनुमान गरिएको बताउनुभएको थियो ।

पुनले मोटरसाइकल चलाएको र भण्डारी पछाडि सवार रहनुभएको थियो । बोलेरो पिकअप र चालक रोल्पाको त्रिवेणी-२ का २९ वर्षिय निर्मल बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार