दाङ, १० फागुन ।
गौरीगाउँमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज चौथो दिनमा आउदा भक्तजनको संख्या बढ्दै गएको छ । तुलसीपुर १० गौरीगाउँमा गत फागुन ८ गतेदेखि जारी सप्ताह ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महाआरतीमा आजमात्रै ५ लाख बढि रकम दान बापत प्राप्त भएको प्रचारप्रसार उपसमिती संयोजक हिमकणर् केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज तुलसीपुर १० गौरीगाउँका टेकबहादुर खत्रीले ७१ ह्जार १ सय ११ हजार रुपैया दान गर्नुभएको हो । त्यस्तै तुलसीपुर १० गौरीगाउँका बिर बहादुर वलीले ५६ हजार १ सय ५, तुलसीपुर ६ का अमृत वलीले ३३ हजार एकसय ५, गौरीगाउका नेत्रमणी बस्नेतले ५१ हजार १ सय ५ रुपैया दान गर्नुभएको उहाँले बताउनुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का वडासचिव कणर् बहादुर हमालले २१ हजार १ सय ११ रुपैया दान गरेको उहाँले बताउनुभयो ।
गत फागुन आठ गतेदेखि सञ्चालन भएको महायज्ञमा पंडित कोमल उपाध्यायको मुखारविन्दुबाट कथा बाचन भईरहेको छ । त्यस्तै महायज्ञको सहायक कथावाचकमा प्रकाश खनाल र १०८ भागवत संकल्पकर्ता डिला पाण्डे रहनुभएको छ ।
गौरीगाउँमा धर्मशाला तथा पाञ्चायन देवताका मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको उहाँले बताउनुभयो । महायज्ञमा बिभिन्न दानदाताबाट हालसम्म ९ लाख ७८ हजार १ सय ७५ रुपैया दानबापतको रकम संकलन भएको छ भने करिब ५० लाख रुपैया संकलन गर्ने लक्ष रहेको उहाँले बताउनुभयो । महायज्ञ आगामी १५ गतेसम्म सञ्चालन हुने भएको छ ।