दाङ, ३० फागुन ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्ट पाटी र कांग्रेसकाे मीत नफापेकाे बताउनुभएकाे छ। काङ्ग्रेसले कम्युनिष्ट पार्टी सक्न बुनेकाे योजना असफल भएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै बुझेकाले एमालेसंग गठबन्धन भएको बताउनुभयो ।
बुधबार दाङको तुलसीपुरमा पालिकास्तरिय पाटी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष ज्ञवालीले वर्तमान गठबन्धन २०८४ सम्मै कायम रहने दावि गर्नुभयो ।
‘कांग्रेस संगको मित्रता ठिक थिएन ।’ उहाँले भन्नुभयो-‘जतिसुकै अन्तरबिरोध भएपनि लक्ष्य, सिद्धान्त र कार्यनीति समाजवाद उन्मुख रहेकाले प्रचण्डले समयमै बुझेर एमालेसंग राजनीतिक समिकरण गर्नुभएको हो ।’
उहाँले समाजवादको लक्ष्य पूरा गर्न कम्यूनिष्टको एकता आवश्यक रहेकोमा जोड दिनुभयो । ‘परिस्थिती सहज बन्दैछ, ढिलै भएपनि माधव नेपालले कुरा बुझ्नुभयो ।’ उहाँले भन्नुभयो-‘कुबाटोबाट सहि बाटोमा आएकाले उहाँलाई धन्यवाद पनि छ ।’
उहाँले कम्यूनिष्ट पाटीको सरकार नहुँदा सुखी नेपाली र समृद्ध नेपालीको चाहना पूरा हुन नसकेको बताउनुभयो । ‘गठबन्धन भएरमात्रै हुँदैन्, जनअपेक्षा अनुसार काम हुनुपर्छ ।’ उहाँले भन्नुभयो-‘ त्यो काम अहिलेकै गठबन्धन सरकारले पुरा गर्छ, तर हिजोको भन्दा आज राम्रो गर्नुपर्छ ।’
नेकपा एमाले तुलसीपुर नगर कमीटीले आयोजना गरेको पाटी प्रशिक्षण कार्यक्रम भोलिसम्म चल्ने छ । प्रशिक्षणमा दर्शनशास्त्र, माक्र्सवाद, राजनैतिक कार्यदिशा लगायतका विषयमा पाटी उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव प्रदिप ज्ञवालीले प्रशिक्षण गर्ने नेकपा एमाले तुलसीपुर नगरकमीटीका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।