२०८२ बैशाख ८ गते सोमवार

पेट्रोलको मूल्य बढ्यो



दाङ,१९ चैत।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । चैत १८ गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल  प्रतिलिटर ४ रुपैयाँ रुपैयाँले बढेको छ।

अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज) मा प्रतिलिटर १७२ रुपैँया ५० पैसा  कायम भएको छ ।

ख वर्ग (दाङ र सुर्खेत)मा पेट्रोल प्रतिलिटर १७४ रुपैँया कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १७५ रुपैँया कायम गरिएको छ ।

भारतबाट डिजेल र मट्टीतेलमा ०।३९ पैसा,हवाई इन्धनमा ०।३८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसाले घटेर आएपनि निगमले घाटा व्यहोर्नुपरेकाले यथावत राखिएको जनाएको छ । नयाँ मूल्य चैत्र १९ गते बिहान १ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार