२०८१ माघ ६ गते आइतवार

दाङ-सल्यान सडक दैनिक ८ घण्टा बन्द हुने



दाङ, २५ चैत ।
दाङ-सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

दाङ-सल्यान राप्ती राजमार्ग अन्तर्गत राम्री देखि कपुरकोट सडकखण्डको सडक स्तरोन्नती कार्यको लागि ब्याक कटिङको काम हुने भएकोले दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक सूचना जारी गदै भोली सोमबारदेखि बैशाख १६ गते सम्म दिउँसो १२ बजेदेखि अपराहन्न ४ बजे सम्म र राति ९ बजेदेखि राती १२ बजेसम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

साथै बैकल्पीक बाटोको रुपमा साना सवारी साधनको लागि पैयाखोरिया सातवास-किमुचौर हुँदै कपुरकोटको बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार