२०८१ कार्तिक २८ गते बुधवार

आजदेखि २०८१ साल सुरू



दाङ, १ बैशाख ।
आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन अर्थात् नयाँ वर्ष २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज शनिबार यसै पनि सार्वजनिक बिदा हो । नयाँ वर्ष आरम्भका अवसरमा सरकारले सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले शुभकामना सन्देश दिएका छन् । उनीहरूले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना आदान प्रदान गर्ने गरिन्छ । जमघट गर्दै मिस्ठान्न भोजन सेवन गरी नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको संवत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार