२०८१ माघ ६ गते आइतवार

हाम्रो पहुँच सहित तुलसीपुरका २६ विद्यालय शत प्रतिशत उतिर्ण ( सूचिसहित )



दाङ, ८ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षामा संस्थागत विद्यालयतर्फ हाम्रो पहुँच स्कुल सहित २६ विद्यालय शत प्रतिशत उतिर्ण भएका छन् ।

तुलसीपुर-७ झुमरेमा रहेको हाम्रो पहुँच माद्यामिक विद्यालयबाट कक्षा ८ मा ६६ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । ६६ जना विद्यार्थी मध्ये परिक्षामा सबै उतिर्ण भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले जानकारी दिनुभयो ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित विद्यालयले विद्यार्थीहरुलाई शैद्धान्तीक ज्ञानसंगै व्यवहारिक ज्ञानमा जोड दिदै आएको छ । शिक्षा महाशाखाका अनुसार तुलसीपुर उपमहानगरपालिकामा रहेको ५८ वटा संस्थागत विद्यालय मध्ये २६ वटा विद्यालयले मात्रै शत प्रतिशत विद्यार्थी उतिणर्ण गराएकाे छ ।

शत प्रतिशत विद्यार्थी उतिर्ण हुनेमा तुलसीपुरको दाङ भ्याली ईङ्लिस स्कुल, लक्ष्य एकेडेमी, राप्ती बाल एकेडेमी, सगरमाथा बालबाटिका बोर्डिङ स्कुल, शिखा ईङ्लिस बोर्डिङ स्कुल, सिर्जना बालबाटिका बोर्डिङ, ज्ञानोदय स्कुल, हिमालय ईङ्लिस बोर्डिङ स्कुल, चन्द्रज्योति ईङ्लिस स्कुल, आईडियल ईङ्लिस बोर्डिङ स्कुल, जिवनज्योति ईङ्लिस स्कुलका विद्यार्थी शत प्रतिशत उतिर्ण भएको तुलसीपुर उपमहागरपालिका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस्तै लक्ष्मी ईङ्लिस बोर्डिङ स्कुल, नमुना ईङ्लिस बोर्डिङ स्कुल, न्यु शान्ती ईङ्लिस बोर्डिङ स्कुल, पिएन के पाठशाला, संस्कार पाठशाला, सरस्वती ईङ्लिस स्कुल, शारदा सिस्ने बोर्डिङ, शारदा विद्यामन्दिर, ज्ञानज्योति सेकेण्डरी स्कुल, दिव्यज्योति ईङ्लिस स्कुल, दिव्यकुञ्ज एकेडेमी, ग्यालेक्सी ईङ्लिस स्कुल, अमर ईङ्लिस स्कुल र दंगिशरण विद्याकुञ्जले शत प्रतिशत विद्यार्थी उतिर्ण गराएको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।

गणित विषयमा बढी समस्या देखिएको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो  । कक्षा ८ को वार्षिक परिक्षामा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । ग्रेडवृद्धिमा सबैभन्दा धेरै सहभागि हुने विद्यालयबाट १७ जना सहभागी हुँदै छन् भने धेरैजसो विद्यालयहरुमा एक देखि १५ सम्म विद्यार्थी सहभागि हुने प्रमुख भण्डारीले बताउनुभयो ।

तुलसीपुरका ३२ वटा संस्थागत विद्यालयका १३२ जना र ३६ सामुदायीक विद्यालयका ९ सय २२ गरी कुल १ हजार ५४ जना विद्यार्थी ग्रेडवृद्धिको परिक्षामा सहभागि हुँदै छन् ।

ग्रेड वृद्धिका लागि यहि बैशाख ११ र १२ गते परिक्षा हुने भएको छ । जसमा लागि ६ वटा परिक्षा केन्द्र तोकिएको छ ॥

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार