२०८१ माघ ४ गते शुक्रवार

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसकै लडाई,दुईवटा प्यानलको उम्मेदवारी दर्ता



तुलसीपुर,२४ बैशाख ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा साझा व्यवसायीक प्यानलबाट नेपनली कांग्रेसका ललितजंग शाहको नेतृत्वमा एउटा प्यानल दर्ता भएको छ भने नेपाली कांग्रेसको तर्फबाट विनिल केसीको नेतृत्वमा अर्को प्यानल दर्ता भएको हो । दुवै जना अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसबाटै रहनुभएको छ । शाह संघका वर्तमान उपाध्यक्ष हुनुहुन्छ भने केसी वर्तमान महासचिव ।

क्रमागत रुपमा उम्मेदवार उपाध्यक्ष शाहले पाउने आँकलन नेपाली कांग्रेसमा गरिएको थियो । तर कांग्रेसको उममेदवार छनोटका लागि बनेको कार्यदलले आइतवार विनिल केसीको नेतृत्वमा उम्मेदवार टुङ्गयाएपछि शाहले पनि कुनै हालतमा अध्यक्षमा आफनो दावी नछोड्ने अडान कायमै राख्नुभएको थियो । जसअनुसार व्यवसायीको साझा प्यानल तयार गरेर आज उम्मेदवारी दर्ता गरिएकोे हो । कांग्रेस भित्रको यो लडाईलाइ निकै महत्वका साथ हेरिएको छ ।

संघको निर्वाचनले स्थानीय तह २०८४ को निर्वाचनमा तुलसीपुरमा काङग्रेसमा कुन पक्षधर वलियो शक्ति भन्ने विषयको समेत परिक्षण हुने काङग्रेस नेताहरुनै स्वयम बताउछन् ।काङग्रेस विद«ोही समुहसहित ८ दलको समर्थन रहेको शाह प्यानलमा नेकपा एमाले,नेकपा माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी,एकिकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीको समर्थन सहित साझा उम्मेदवारको प्यानलले उम्मेदवारी दर्ता गरेको छ ।

साझा प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा डिल्ली बहादुर वली, उपाध्यक्ष (वाणिज्य) मा नरेश कुमार राज भण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत रहनुभएको छ । यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्र कुमार डाँगी, सचिवमा भुपाल रावत, सह-कोषाध्यक्षमा किशोर कुमार वली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा भिम बहादुर खत्री, शारदा बस्नेत, मिना रावत, मनोज कुमार गुप्ता, कृष्ण बहादुर पुन, सुरेश नेपाली र टोप बहादुर महतरा हुनुहुन्छ ।

यसैगरी विनिल केसी नेतृत्वको प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा देव बहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द« खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नविन राई, सह-कोषाध्यक्षमा दिपेश भण्डारी रहनुभएको छ । यस्तै सदस्यहरुमा सन्दिपन रिजाल, कोमल डिसी, तिर्थ बहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणी आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वली रहनुभएको छ । वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि वैशाख २४ गते आज उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सोही अनुसार दुईवटा प्यानलले उम्मेद्धारी दर्ता गराउनुभएको हो ।

 

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार