२०८१ जेष्ठ ३१ गते बिहिवार

चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेश संयोजक पुन नगदसहित सम्मानित



दाङ,७ जेठ ।
चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेश संयोजक शिव पुन नगदसहित सम्मानित हुनुभएको छ । संयोजक पुन चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।

चलचित्र पत्रकार संघ नेपालको २५ औं वार्षिकोत्सब तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय  मोफसल चलचित्र पत्रकारिता पुरस्कार -२०८१ बाट संयोजक पुन सम्मानित हुनुभएको हो ।

चलचित्र पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पुन नगद २५ हजार राशीसहित सम्मानित हुनुभएको हो । संघको सोमबार काठमाडौमा भएको वार्षिकोत्सव तथा पत्रकारिता दिवसमा पुन सम्मानित भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका शाखाका निवर्तमान अध्यक्ष पुन डेढ दशकदेखि लुम्बिनी प्रदेशको राजधानी दाङलाई कार्यक्षेत्र बनाएर चलचित्र पत्रकारिता गर्दै आउनुभएको छ । आज सम्मानित पुनलाई देश तथा विदेशबाट बधाई ओइरो आइरहेको छ ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समीर बलामीको अध्यक्षता र नेपाल सरकारका उप-प्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेटको प्रमुख आतिथ्य एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार