२०८१ जेष्ठ ३१ गते बिहिवार

टिप्पर बिग्रिदा ठप्प भएको दाङ-सल्यान सडक एकतर्फी सुचारु



दाङ, ९ जेठ । आज बिहानैदेखि ठप्प दाङ -सल्यान सडकखण्ड एकतर्फी खुलेको छ । आज बिहान पौने ५ बजेतिर बिच बाटोमा टिप्पर बिग्रिदा ठप्प भएको सडक केहिबेर अघिदेखि सुचारु भएको हो ।

अस्थायी प्रहरी पोष्ट गोठीखोलाका ट्राफिक प्रहरी सहायक निरीक्षक सालिकराम बुढाथोकीका अनुसार बिहान पौने ५ बजेको समयमा तुलसीपुर-३ लाहुरेचौरस्थित कोइलाबाट ढुङ्गा लिएर घोराहीतर्फ जादै गरेको रा १ ख २४४५ नम्बरको टिप्परको डाइभर साइडको क्राउम भाँचिदा सडक ठप्प भएको थियो ।

सडक बन्द हुदा जाम लागेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । टिप्पर खाली गरी साइड लगाएर एकतर्फी सडक सुचारु गरिएको र अब टिप्पर बनेपछी सडक पुणर्रुपमा सुचारु हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार