२०८२ जेष्ठ १० गते शनिवार

दाङका साप्ताहिक पत्रिका सञ्चालक संगठित



तुलसीपुर, १३ जेठ ।
दाङका साप्ताहिक पत्रिकाका सञ्चालकहरु संगठित भएका छन् । जिल्लामा प्रशाकित पाँच वटा साप्ताहिक पत्रिकाका सञ्चालहरु संगठित भएका हुन् ।

हाल दाङको तुलसीपुरबाट तीन वटा र घोराहीबाट दुई वटा साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् । आईतबार घोराहीमा भएको भेलाले सूचनापत्र साप्ताहिकका प्रकाश बंशीकुमार शर्माको संयोजकत्वमा साप्ताहिक पत्रिका सञ्जाल दाङ गठन गरिएको हो ।

जसको सहसंयोजकमा लौवा अग्राशन साप्ताहिकका प्रकाशक सन्तोष दहित, सचिबमा साक्षी खबर साप्ताहिकका प्रकाशक राकेश बस्नेत र कोषाध्यक्षमा अग्रिम साप्ताहिकका प्रकाशक दिपक बोहरालाई चयन गरिएको छ । त्यस्तै नौलो जनउभार साप्ताहिकका प्रकाशक अजयदिप शर्मालाई सल्लाहकारमा चयन गरिएको छ ।

साप्ताहिक पत्रिकाका हरेक समस्या सामूहिक ढंगबाट हल गर्नकालागि उक्त सञ्जाल गठन गरिएको हो । दाङमा पाँच वटा साप्ताहिक पत्रिका रहेपनि स्थानीय सरकार तथा सरकारका अन्य निकायले ति पत्रिकाको हकहितकालागि कुनै पनि चासो नदिएको भन्दै खबरदारी गरिने संयोजक शर्माले बताउनुभयाे।

त्यस्तै साप्ताहिक पत्रिकाले नै सत्य तथा निष्पक्ष समाचार संप्रेशन गरिरहेको र विश्वास पनि दिलाईरहेको अबस्थामा पनि यी पत्रिका जोगाउन तर्फ कसैको ध्यान नगएको उहाँकाे भनाई छ ।

दाङबाट आईतबार सूचना पत्र, सोमबार अग्रिम साप्ताहिक, मंगलबार लौवाअग्राशन तथा बुधबार साक्षी खबर र नौलो जनउभार प्रकाशित हुँदै आएका छन् । यी पत्रिकाहरुलाई बोलपत्र आह्वान तथा कोटेशनका सूचना प्रकाशनको अनुमति दिनुपर्ने सहसंयोजक दहितले बताउनुभयाे ।

साप्ताहिक पत्रिकाले खोजी विषय उठाईरहेको भन्दै यसले पत्रकारिताको इथिक्स जोगाइरहेको भन्दै यस तर्फ सबै निकायले ध्यान दिनुपर्ने सचिब राकेश बस्नेतले बताउनुभयाे ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार