दाङ, २० जेठ ।
स्वर्गद्वारी गूठीपिडित किसानहरुले दाङको घोराहिमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्।
आफुहरुका माग सरकारले पूरा नगरेको भन्दै मोहि पिडित किसानहरुले तालाबन्दी गरेका हुन् । सरकारले पटकपटक आफुहरुसंग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठिपिडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरिले बताउनुभयो ।
तालाबन्दी भएका मालपोत र नापि दुवै कार्यालयलाई आन्दोलनरत किसानहरुले घेरेका छन । प्रहरीले विवाद मिलाउनको लागि अश्रुग्यास प्रहार गरेको छ ॥
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार